तस्बिरमा हेर्नुहाेस, बैतडीमा धान दिवसकाे दृष्य

०८२ असार १५ गते । बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका– ६ बेतालथलामा धान दिवस तथा रोपाइँ महोत्सव मनाईएको छ । गाउँपालिकासंगको सहकार्यमा यस पटक बेताथलामा धान रोपाईँ महोत्सव मनाइएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनुभयो

कृषि ज्ञान केन्द्र, डिलाशैनी गाउँपालिका, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज लगायतको आयोजनामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको जोशीले बताउनुभयो।

स्थानीय किसान र सरोकारवालाहरुको सहभागितामा खेतमै धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको हो । धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने मूल नारासहित धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको जोशीले बताउनुभयो ।

बैतडीमा ५ हजार १२५ हेक्टर जमीनमा धानखेती गर्ने गरिएको छ । धानखेती हुने जमीन मध्ये ५२ प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाँकी जमीनमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको उहाँले बताउनुभयो ।

बैतडीमा ६५ प्रतिशत रोेपाइँ सम्पन्न भइसकेको छ । सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ सकिएको र आकाशे पानीको भरमा रोपाइँ गर्ने ठाउँमा रोपाइँ गर्न बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्