३९ दिन पछि खुल्यो सुर्नया गाउँपालिकामा लागेको ताला

बैतडी– बैतडीको सुर्नया गाउँपालिकामा लागेको ताला ३९ दिन पछि खुलेको छ।

गत असोज २४ गते सूचना नदिएको भन्दै जेनजी र जेनवाई समूहले तालाबन्दी गरेका थिए। जेनजी र जेनवाई समूहका तर्फबाट ११ बुदे माग अघि सार्दै तालबन्दी गरिएको भएपनि गाउँ पालिका र आन्दोलित पक्षबीच सहमति हुन नसक्दा ३९ दिन सम्म पालिकाको कामकाज समेत ठप्प भएको थियो।

आइतवार बसेको कार्यपालिका बैठकले युवाहरुले उठाएको मागहरू सम्बोधन गरेपछि तालाबन्दी गरिएको ३९ दिनपछि सोमबार ताला खोलिएको गाउँ पालिकाका सूचना अधिकारी राम सिँह महराले बताए।

जनप्रतिनिधी र जेन्जी युवाहरुबिच ताला खोल्ने बिषयमा पटकपटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको थिएन्। आइतवार बसेको कर्यालपालिका बैठकले जेन्जीले उठाएका सबै मागहरु सम्बोधन गर्ने निर्णय गरेको बताइएको छ।

जेन्जीले उठाएका मागअनुसार कार्यपालिका बैठकले करारका सबै कर्मचारीहरु हटाउने निर्णय भएको छ।

1 Comments Text
  • trading platform says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    I loved as much as you will receive carried out right here. The sketch is attractive, your authored subject matter stylish. nonetheless, you command get got an shakiness over that you wish be delivering the following. unwell unquestionably come more formerly again since exactly the same nearly very often inside case you shield this hike.
  • प्रतिक्रिया छाेड्नुहाेस्