बैतडी : दशरथचन्द नगरपालिका भित्रका सामुदायिक विद्यालयका शैक्षिकस्तर सुधार गर्न धेरैकुरामा सुधार गर्नुपर्ने शिक्षाका विज्ञहरुले सुझाव दिएका छन् ।
नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखाले विद्यालय शिक्षाका समस्या चुनौती र अवसरहरु सम्बन्धमा विज्ञहरुको कार्यपत्र प्रस्तुतीकरण कार्यक्रममा आफ्नो प्रस्तुती गर्दै विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।
शिक्षामा सुधार गर्न विद्यालयको भौतिक अवस्थाको विकास गरेर मात्र सम्भव नभएकाले अभिभावक, शिक्षक, विद्यार्थीहरुले विभिन्न कुरामा ध्यान दिनु पर्ने कार्यपत्रमा प्रस्तुत गरिएको थियो । यस्को लागि जनप्रतिनिधी र सरोकारवालाहरुले पनि विशेष ध्यान दिनु पर्ने विज्ञहरुले सुझाव दिएका छन ।
प्रस्तुतीकरणबाट आएका सुझावलाई मध्यनजर गर्दै अगामी दिनमा सुधार गरिने दशरथचन्द नगरपालिका शिक्षा शाखाले जनाएको छ । कार्यक्रममा जनप्रतिनिधी, सरोकारवाला, विद्यालय व्यवस्थापन समतिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।












