बाटो छेउको झाडीमै सुत्केरी सेवा

३ असोज । बैतडी- पुचौँडी नगरपालिका– १० विजयपुरकी २५ वर्षीया बसन्ती विष्टलेलाई स्वास्थ्यकर्मीहरुले झाडीमै सुत्केरी सेवा दिएका छन् । सुत्केरी वेथा लागेर कटौजपानी स्वास्थ्य चौकीमा आउँदै गरेकी बसन्ती स्वास्थ्य चौकी पुग्न नसकेपछि बाटो छेउकै झाडीमा सुत्केरी सेवा दिनुपरेको कटौजपानी स्वास्थ्य चौकीका अनमी रमीता जोशीले बताउनुभयो ।

वसन्तीलाई व्याथा लागेको कुरा जानकारीमा आएपछि स्वास्थ्य संस्थामा आउन आग्रह गरेको तर उनले स्वास्थ्य संस्थामा आउँदै बाटोमै वेथाले च्यापेपछि सोही ठाउँमा गएर सेवा दिएको उहाँले बताउनुभयो ।

आमा र शिशुलाई संक्रमण नहोस भनेर सुरक्षाका उपायसहित आफूले बाटोमै प्रसूती सेवा प्रदान गरेको अनमी जोशीले बताउनुभयो ।
आमा र शिशुको ज्यान जोगाउने अभियानमा कटौंजपानी स्वास्थ्यचौकीले काम गरिरहेको र सोही अनुसार आफूहरु बाटोमै पुगेर भएपनि सेवा दिने काम गरिरहेको उहाँको भनाई छ ।

कटौंजपानी स्वास्थ्यचौकीमा कार्यरत अनमी जोशीले स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र विभिन्न ठाउँमा गएर प्रसूती सेवा दिँदै आएकी छन् ।

प्रतिक्रिया छाेड्नुहाेस्