सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डौ – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउले पछिल्ला दिनमा निरन्तर रेकर्ड बनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ थियो ।

आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ आज तोलामा २० रुपैयाँले बढेर तोलाको दुई हजार सात सय रुपैयाँ पुगेको छ ।

हिजो चाँदीको भाउ तोलाको दुई हजार छ सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्