९ भदाै, बैतडी- हिन्दु नेपालीहरुका ठुला महाच चाँड दशै र तीहारको मुखमा गाउँ फर्किने नागरिकहरुले सास्ती भोग्ुनपरेको छ । वर्षातपछि सफा नगरिएका अस्तव्यस्त सडकले नागरिकहरुले सास्ती भोग्नुपरेको हो । अहिले बैतडीका अधिकासं ग्रामिण सडकहरुको अवस्था यस्तै छ । वर्षातपछि सडकहरु सफा नगरिदा दशैमा घर फर्किनेहरुले सास्ती भोग्नुपरेको हो ।

गाउँमा विकासको उत्साह बोकेर घर फर्किने नागरिकहरु सामान्य सडक समेत सफा नभएको देख्दा निरुत्साहित भइरहेका छन् । गाउँमा सडक पुग्दा खुसि लागेको थियो तर यस्तो सडकले घर पुगिन्छ कि पुगिदैन भन्ने चिन्ता पनि उतिक्कै हुने गरेको यात्रु जनक बोहराले बताउनुभयो ।

सडकमा गएको सामान्य पहिरो समेत नपन्छाउदा गाडी चलाउन समेत मुस्कील हुने गरेको गाडीचालक नेरन्द्र बहादुर विष्ट बताउनुभयो । स्थानीय तहहरुले भने आफुहरुले सडक सफाको कामलाई तिब्रता दिएको दाबी गर्ने गरेका छन् ।