बैतडी : गत भदो २४ गते भएको जेन्जीको आन्दोलनको क्रममा बैतडी कारागारबाट भागेका ६१ जना कैदी कारागार फर्किसकेका छन् । कैदी भागे लगत्तै जिल्ला प्रहरीले सक्रियता बढाएको थियो । २४ गते राती साढे ९ बजेतिर कारागार तोडफोड गरेर भागेका ६२ जना कैदी मध्ये विहिबार सम्म १ जना बाहेकका ६१ जना कैदी फर्किसकेको बैतडी कारागार प्रमुख, धारा भण्डारीले बताए ।
फर्किन बाकी रहेका एक जना कैदीवन्दीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनु भयो । फर्किन बा“की कैदीमा एक जना जवरजस्ती करणी मुद्दाका राजेन्द्र लुहार रहेका छन् ।
कैदीहरु भागेको दोस्रो दिनदेखीनै कैदी समात्न जिल्ला प्रहरी कार्यालय बैतडीले विभिन्न ठाउमा प्रहरीको सक्रियता बढाएको थियो । जस्ले गर्दा बैतडीमा अन्य घटना हुन सकेन र जिल्ला कारागारका मात्र नभएर बाहिरी बाट भागेर आएका कैदी पनि समात्न सफल भयो ।
जेनजीको आन्दोलनको क्रममा पनि बैतडी प्रहरीले घटना हुन नदिन विशेष सतकर्ता अपनाएर सुरक्षा टोली खटाएको हुदा बैडीमा कुनै अप्रिय घटना नघटेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।












