काठमाण्डौ – तिहार बिदापछिको पहिलो कारोबार दिन आज आइतवार सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलाको दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार गएको सोमवार कात्तिक ३ गते सुनको भाउ तोलाको दुई लाख ५३ हजार पाँच सय रुपैयाँ थियो ।
गएको असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ पनि घटेको छ ।
आज चाँदीको भाउ तोलामा दुई सय ६५ रुपैयाँले घटेर तोलाको ३ हजार १५ रुपैयाँमा झरेको छ ।
गएको सोमवार चाँदीको भाउ तोलाको तीन हजार दुई सय ८० रुपैयाँ थियो । गएको असोज ३१ गते चाँदीको भाउ तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।













