खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बैतडीका एक जनाको मृत्यु भएको छ ।
जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ६ भूमिराज कफलढुङ्गाका २० वर्षिय मदन अवस्थीको मृत्यु भएको हो ।
रोजगारीका लागि भारतको भारतको बेंगलोरमा रहेका उनको खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।
आगलागीबाट जलेर गम्भीर भएका अवस्थीको शुक्रबार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको पुर्चौडी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र साउदले बताए ।
अवस्थी रोजगारीको सिलसिलामा एक वर्ष पहिले भारतको बेंगलोर गएका थिए ।