बैतडीमा कुमारी बैंक मेलौली शाखाद्धारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

बैतडी– बैतडीको मेलौली नगरपालिकामा कुमारी बैकं शाखा मेलौलीले वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । आफ्नो क्षेत्र भित्रका नागरिकका लागि बैंकले वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

आज ईलाका प्रहरी कार्यालय मेलौलीबाट सो कार्यक्रको सुरुवात गरेको छ । प्रहरी नायव निरिक्षक नरेन्द्र बहादुर चन्दले उक्त कार्यक्रमको उद्घाटन गरेको कुमारी बैंक मेलौली शाखाका प्रबन्धक नरेन्द्र सिहं साउदले बताउनुभयो ।

साउँदका अनुसार बैकं शाखाको क्षेत्र भित्रका सबै नागरिकका लागि सो कार्यक्रम सञ्चालन गरिएको हो । आज ईलाका प्रहरी कार्यालय मेलौलीमा सो कार्यक्रम सम्पन्न भएको छ ।

यस्तै भोली मेलौली नगरपालिका वडा नम्बर २ सलेनास्थित धर्मघर माविमा सो कार्यक्रम गरिने साउँदले बताउनुभयो । विद्यालय, व्यापार व्यवसायी, नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतका वर्गहरुका लागि सो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

सो कार्यक्रममा, वचत कसरी गर्ने, ऋिणको सदुपयोग, नयाँ प्रविधिको प्रयोग कसरी गर्ने तथा वित्तिय अनुशासन लगायतबारे सिकाइने उहाँको भनाइ छ ।

प्रतिक्रिया छाेड्नुहाेस्