बैतडी : पन्चेस्वर गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत दलबहादुर धामीको बिदाइ गरिएको छ । गाउँपालिकाले एक भव्य कार्यक्रमको आयोजना गरि अधिकृत धामिको बिदाइ गरिएको हो । प्रमुख प्रसाकिय अधिकृत धामि सरुवा भएर मेलौली नगरपालिका जानू भएको हो ।
बिदाइ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले एक अनुभवी प्रसासकिय अधिकृतको गाउँपालिकालाइ सधैं अभाव खटकिने बताए । छोटो बसाइमा गाउँपालिका लाई ठूलो योग्दान गरेको र उहाँजस्तो राष्ट्र सेवक कर्मचारी लाई पालिकाले सधै सम्झिने अध्यक्ष चन्दले बाताउनु भयो ।
आफ्नो एक सय पाँच दिन्को बसाईमा आफुले सक्ने जति काम गरेको र आफुले अगामिदिनको लागि बनाएका योजना अनुसारनै अगाडी बढ्न पनि कर्मचारीहरुलाइ प्रमुख प्रसासकिय अधिकृत धामिले निर्देशन समेत दिनु भयो ।
अधिकृत धामिले आफ्नो बसाईको क्रममा सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीले सहयोग गरेको भन्दै सबैलाइ धन्नेबाद समेत दिनुभयो ।











