बैतडी : बैतडीको गोठलापानी स्थित बल्देव भट्ट (रिचपले) को फोटोमा माल्यार्पण गर्दै शहिद दिवस मनाएको छ । बल्देव भट्ट (रिचपले) एक सरकारी जागिरे हुन । उनी दसरथचन्द नगरपालिका – ५ रिचपलाका बासिन्दा हुन । उनले तत्कालिन देसमा कांग्रेसले लोकतन्त्र स्थाप्नाको लागि गरिरहेको क्रान्तीमा आफुले गर्दै आएको सरकारी जागिरलाई तिलान्जली दिँदै देसको लागि बलिदानी दिएको इतिहास छ ।
आज माघ १६ गते उनै देसको लागि बलिदानी दिने तर गुमनाम रहेका बल्देव भट्ट (रिचपले) को सालिकमा मल्यार्पण गरि सहिद दिवस मनाइएको दिवसका सहभागी कमल भट्टले बताउनु भयो । देसको लागि बलिदानी दिने बल्देव भट्ट (रिचपले) लाई सरकारले कहिलै खोजनिती गरेन् । उनलाई सहिदको सुचि सम्ममा राखेन । उनका आफन्त खेमानन्द भट्टका अनुसार उनलाई देसदैडाहले नेपाली सेनाको व्यारेकबाट लगेर बैतडीकै कटपत्तेमा खाडलमा पुरेको भन्ने छ ।
अहिले उनका अफन्तहरुको पहलमा स्थानीय सरकार र प्रदेस सरकारले गोठलापनी स्थित कलुवामोडमा बल्देव भट्टको नामले उनको सालिक सहित पार्क निर्माण गरेको छ । देसको लागि आफ्नो सर्वस्व त्याग गरी बलिदानी दिने यस्ता महान व्यक्तीलाई सरकारले नसमझिदा दुख लाग्ने गरेको उनका आफन्तले बताएका छन् । माल्यार्पण कार्यक्रममा नगर प्रमुख पुस्कारराज जोशी लगायत उनका आफन्त संचारकर्मी र अन्य सरोकारवालहरुको उपस्थिती रहेको थियो ।








