कैलाली– कैलालीमा घरको बरन्डामा सुतेका एक जना मृत भेटिएका छन्।
जिल्लाको घोडघोडी नगरपालिका–७ परैचा बस्ने ४८ वर्षीय सोमन चौधरी बिहीवार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले परैचामा साढु दाइ नाता पर्ने बुधराम चौधरीको घरको बरन्डामा उनी मृत भेटिएको बताए । चौधरी बुधवार राति बुधरामको घर गएका थिए ।
तर बिहान सुतेकै स्थानमा मृत भेटिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











