काठमाण्डौ – सत्ता गठबन्धनका पाँच दलबीच आज (मङ्गलवार) सात बुँदे सहमति भएको छ । यसअघि चार दलबीच भएको आठ बुँदे सहमतिलाई परिमार्जन गरी नेकपा (एकीकृत समाजवादी) लाई समेटेर सात बुँदे सहमति भएको हो ।
सत्ता गठबन्धनको सहमति पत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गर्नुभएको छ । पाँच दलबीच भएको आजको सहमतिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।
यसअघि चार दलबीच भएको सहमतिअनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने सहमति भएको थियो । तर आजको नयाँ सहमति पत्रमा राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने वाक्य हटेको छ ।
प्रचण्ड नेतृत्वको पुनर्गठित सरकारलाई सुदृढ गर्ने, अन्य दलहरूसँग संवाद अघि बढाउने, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र यससँग सम्बन्धित अरू विषयलाई सहमतिका आधारमा छिटै टुङ्याउने, सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, वर्तमान आर्थिक समस्यालाई सम्बोधन गर्ने र राजनीतिक स्थायित्वको दिशामा अघि बढ्ने सहमति भएको हो ।
गएको फागुन २१ गते एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो । नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादी पनि समावेश भएको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच निरन्तर छलफल हुँदै आएको छ । यसैअनुसार आज बिहान पनि उहाँहरूबीच बालुवाटारमा विभिन्न विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार गठबन्धनमा आबद्ध दलहरूबीच राष्ट्रिय विषयमा समान धारणा बनाएर जाने विषयमा प्रधानमन्त्रीले अध्यक्ष ओली र अध्यक्ष नेपालसँग छलफल गर्नुभएको हो ।

Post List #1
विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाका लागि सडकमा दण्ड प्रणाम यात्रा गरेका छन् । उनले दण्ड प्रणाम…
काठमाडौं – मकवानपुरमा ग्यास बुलेटले सोमबार बिहान स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चितवनबाट मनहरीतर्फ आउँदै…
दार्चुला– दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो। ब्यास गाउँपालिका–३ सिना बस्ने ३८…
काठमाण्डौ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपाललाई २ सय ६३ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा टस…
काठमाण्डौ – तिहार बिदापछिको पहिलो कारोबार दिन आज आइतवार सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई…
काठमाडौं– प्रहरी वृत्त महाराजगञ्ज प्रहरी हत्याको आरोपमा थप पाँच व्यक्ति पक्राउ परेका छन् । वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या आरोपमा थप…
Post List #2
छठमा हिन्दू राष्ट्र माग्दै कांग्रेस नेताले गरे दण्ड प्रणाम यात्रा
विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाका लागि सडकमा दण्ड प्रणाम यात्रा गरेका छन् । उनले दण्ड प्रणाम यात्रा गरेको यो २८औं पटक हो । पछिल्लो २० वर्षयता उनले हिन्दू राष्ट्रको कामना गर्दै छठको पूजाका लागि दण्ड प्रणाम यात्रा गरिरहेका छन् । नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा, लोक कल्याण, विश्व शान्ति र धर्म रक्षाका लागि छठको व्रत बसेर दण्ड प्रणाम यात्रा गरेको…
ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्को मृत्यु, श्रीमती र छोरा घाइते
काठमाडौं – मकवानपुरमा ग्यास बुलेटले सोमबार बिहान स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशा तर्फ आउँदै गरेको एनएल ०१ एन ०२८०…
दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु
दार्चुला– दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–४ बांगाबगरका ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो। ब्यास गाउँपालिका–३ सिना बस्ने ३८ वर्षीय कल्याण सिह धामीले चलाएको सुदूरपश्चिम प्रदेश ०४–०१ ज ००१७ नम्बरको बोलेरो जिप ब्याक गर्ने…
अमेरिकाले दियो नेपाललाई २ सय ६३ रनको लक्ष्य
काठमाण्डौ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपाललाई २ सय ६३ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा टस हारेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ६२ रन बनायो ।…
सुनको भाउ घट्यो
काठमाण्डौ – तिहार बिदापछिको पहिलो कारोबार दिन आज आइतवार सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…
Post List #3
छठमा हिन्दू राष्ट्र माग्दै कांग्रेस नेताले गरे दण्ड प्रणाम यात्रा
विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाका लागि सडकमा दण्ड प्रणाम यात्रा गरेका छन् । उनले दण्ड प्रणाम यात्रा गरेको यो २८औं पटक हो । पछिल्लो २० वर्षयता उनले हिन्दू राष्ट्रको कामना गर्दै…