एमालेको दशरथचन्द नगर अधिवेसन सम्पन्न : अध्यक्षमा बोहरा

बैतडी : नेकपा एमाले बैतडीले जिल्ला अधिवेशन सम्पन्न गरेपछि अव पालिका अधिबेशनमा जुटेको छ । यसै क्रममा दशरथचन्द नगरपालिकामा नगर अधिवेशन सम्पन्न गरेको छ ।

नेकपा एमाले केन्द्रिय कमिटी सदस्य लिलाधर भट्टको प्रमुख आथित्यमा सम्पन्न अधिवेशनमा मनोज कुमार बोहरा सर्वसम्मत अध्यक्ष बनेका छन् । यस्तै उपाध्यक्षमा भूपेन्द्र चन्द, सचिवमा नन्द राज बोकटी, उपसचिवमा भवानी दत्त जोशी र अन्जु टमटा सर्वसम्मत भएका नगर कमिटी अध्यक्ष बोहराले बताउनु भयो ।

नेकपा एमाले दशरथचन्द नगर कमिटीलाई सशक्त एवम एकतावद्ध बनाउदै पाटी निर्माणको अभिभारा आफुहरुको काँधमा आएकाले सोलाई पुरा गर्ने र नेकपा एमालेलाई जनताको आशाभरोसाको पार्टी वनाउनुमा कटिवद्ध भएर लाग्ने नवनिर्मित नगर कमिटी अध्यक्ष बोहराले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्