महिला जनप्रतिनिधिका लागी क्षमता अभिवृद्धि तालिम सम्पन्न

धनगढी– धनगढीमा महिला जनप्रतिनिधिहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

वर्तमान र निवर्तमान महिला प्रदेस सभा सदस्य, पालिकास्तरीय उप–प्रमुख लगायत सञ्जाल समुहका पदाधिकारीहरुलाई क्षमता अभिवृद्धि तालिम दिइको हो ।

राज्य सञ्चालनमा महिलाको सहभागिता ५० प्रतिशत हुनु पर्ने, राज्यले गर्नुपर्ने हरेक क्रियाकलापमा महिलाको सहभागिता अनिवार्य हुनुपर्छ भन्ने उद्देश्यका साथ तालिको आयोजना गरिएको अन्तरपार्टी महिला सञ्जाल सुदुरपश्चिमकी अध्यक्ष माया कुवरले बताउनुभयो ।

यस्तै तालिममा संसद सभामा महिलाका समस्या राख्न समय नपुग्ने हुँदा महिलाका समस्या न्युनिकरण गर्नका लागि कम समयमा बढी समस्या कसरी राख्न सकिन्छ भन्ने विषयमा पनि तालिममा छलफल गरिएको निड्स नेपालकी अध्यक्ष दुर्गा खरेलले बताइन् ।

महिलाहरुलाई हेपाहा प्रवृत्तिमा राखिने, हिंसा गर्ने, महिलाहरु प्रति गरिने पित्तृसत्तात्मक सोचलाई न्युन गर्न र यस्ता गलत क्रिकलापका विषयमा बोल्न तथा राज्यको सेवा सुविधालाई सहज रुपमा सम्बन्धित क्षेत्रमा सदुपयोग गर्नका लागि क्षमताको विकास गर्न पनि तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

महिलाका समस्याहरु अझै पनि दर्दनाक अवस्थामा रहेको हुँदा यस्ता समस्या कम गर्न सो तालिमको सिकाइले सहज हुने अन्तरपार्टी महिला सञ्जाल सुदूरपश्चिम प्रदेशकी सदस्य गिता सोडारीले बताइन् ।

महिलाहरुको क्षमता विकासका लागि राज्यले यस्ता तालिम दिन जरुरी रहेको तालिमका सहभागी महिला जनप्रतिनिधिहरुले बताएका छन् ।

अन्तरपार्टी महिला सञ्जाल सुदूरपश्चिम प्रदेशको अयोजनामा भएको तीन दिने तालिम निड्स नेपाल को समन्वय तथा सहजीकरण र अक्सफमको सहयोगमा गरिएको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्