नाना छन्ज्या बातैई (कहानी) हालन्थ्या
ठाडो धोती र भोटोको पहिरन,
हम काठको पाटी, निगांलाकी कलम,
कमेडको दवाज बोकिबरे स्कुल झान्थ्या,
स्कुलमाई रामलिला लागन्थ्यो,
शिवनाथ जि हनुमान,
भुण्या माड्साप कुम्भकरण हुन्थ्या,
हम गोरु–बाकरा चरौन जिरमणा झान्थ्या,
बातैइमा गाउँको ईतिहास हुन्थ्यो,
गाउँघरको बित्तचित्र हुन्थ्यो,
रोडा–खोला–डाणा देवि–देवता,
भुतुन कि कहानी हुन्थी,
भेडान् कि बगाल,
सौको नुन बेच्च औंन्थ्यो,
अनिकाल पडेकी रखडी हुन्थी,
एकसरो लुगा, पाउ नाङ्गै हुन्थ्या,
अन्यारो गर्खा झोरो बाल्न्थ्या,
घुसुडी ज्यु फाग गौन्थ्या,
लिखु पेलाई, गुडका खोडा भाग लौन्थ्या,
धौ–खानीका डाँडा रात, चौलो झान्थ्यो भण्यो
सःरे खाली (तलाउ) सहर माछो हुन्थ्यो रे!
माणेथला खापरे लाई,
सैंपालले घुंडा कुईना धस्यो,
पाताल पुरेई दियो, देवतान् लाई छौ भै भणन्थ्या..!
हरि दत्तु नाथ
खिसिक्क हांसी बरे,
फलानो ढिस्कानो ईसो, तसो भणन्थ्या!
बर्खे बिदा हउलो लागन्थ्यो,
गोरु– बाकरा हरौन्थ्या,
घोगा–भट्ट भुटी लैझान्थ्या
पारिबाटा तिमुला पाकन्थ्या,
बेडु–घङ्गारु टिपि खुब खान्थ्या!
हरि दत्तु नाथ खुव हस्यौड्या,
काउकुती लौन्थ्या!
उन्त बातैइ बातैईमा सुरनंया बगाई दिन्थ्या.!
झल पाडी घाम ओछाई दिन्थ्या!
उन सबकि जाणन्थ्या,
कैका दिन कसा, कैका दिन कसा भया,
घात लागन्छी,
बिगाई गद्दु नाँई हो भणन्थ्या!
आब, बातैई हाल्ल्या मान्स नाँईथिन्
गाँउघर कसो कसो रित थ्यो,कसि चाला थि,
आब बतौन्या मान्स नाँईथिन,
हमुन् लाई गोठालो, गोरु–बाकरा डो¥याउने,
हरि दत्तु नाथ आब नाइँथिन् ।
एई कविताका लेखक हुन्, राजबहादूर चन्द । बैतडी मेलौली नगरपालिका –२, हालको बसाई धनगढी–५










