नगर स्थापना दिवस : माटो परिक्षण प्रयोगशाला देखि कृषि एम्बुलेन्सको उद्घाटन सम्म

२३ चैत्र बैतडी- चैत्र २४ गते बैतडीको दशरचथन्द नगरपालिका स्थापना भएको दिन । यस पटक नगर स्थापना दिवसको अवसरमा नगरपालिकाद्वारा मंगलबार माटो परिक्षण प्रयोगशालाको उद्घाटन र कृषि एम्बुलेन्सको औपचारिक संचालन गरिने भएको छ । नगरपालिकाको ३० औँ स्थापना दिवसको अवसरमा उक्त काम गर्न लागिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले बताउनुभयो ।

यस्तै स्थापना दिवसकै अवसरमा नगरपालिकाले खरिद गरेकाे शव वहान मार्फत शव वहान सेवा समेत संचालन गर्न लागेको विष्टले बताउनुभयो । यस अघि नगरपालिकाले गाडी भाडामा लिएर निशुल्क शव वहान सेवा समेत संचालन गर्दै आएको थियो । अबदेखि नगरपालिकाले आफैले खरिद गरेको शव वहान मार्फत सेवा दिन लगेको हो ।

चुनावी घोषणापत्रमा दशरथचन्द नगरपालिकाका मेयर पुस्करराज जोशी (लख्खाभाई) ले गरेको प्रतिवद्धता अनुसार उक्त कामहरु गर्न लागिएका हुन् ।

प्रतिक्रिया छाेड्नुहाेस्