पृय शखी,
“हरेलो“ साउन,
प्रेमिल साउन;
’हिय’ भरीको, “पिरता“
’मनभरी’ सजाउ,
या…..,
हरियो ’चोली’ ’पोते’ मा सजाउ..!
आँखा को ’परेलि’ हरुमा फुलाउ,
फुलको जहिल्यै कमि हुंदैन..!
“साउन देखि हजारौं साउन सम्म“
“माया“ को कहिल्यै कमि हुंदैन…!!!
पृय शखी, यसपटक!
अनि,
पटकपटक,“रक्तदान“ गर्न आंउनु .!
मेरै हातले सजाएको फुल गुच्छा,
तिमिलाई ’उपहार’ ल्यांउदैछु.,
तिमिलाई छ है ’चुल्हे’ निम्तो!
सजिएर, ’रुवस्’ ’झट्टै’ आउनु..!
सुरिलो सुन्दर, “पाखुरी“ तिम्रो,
“पिरती“ को ’सुई’ ’चसक्क’ ’चुंम्नुछ’..!!!
सङ्गै,
हामी, “”First-Time-Blood-Donor”“ बन्नुछ.!!!
हात माथी हात, थैलिमा “रगत“,
अन्जानको मुटु “प्रेम रङ्ग“ ले भरौंला.,
जिन्दगी बाँचे, मायाले साँचे;
“रक्तदान“ सय पटक गरौंला..!
कसैको निभ्नै, लागेको तस्बिर,
प्राणरुपि “रगत“ दिएरै, ’दियो’ बालौंला.!
आँखामा छल्किन आँटेको निराशा,
एक एक थोपा, “रगत“ बाढीले सिंचौला..!
म, सारा सपना मुटुमा भरी साँचेर ल्याँउदैछु..!
म,
पहिलोपटक “रक्तदान“ गर्न आँउनेछु.!
मैंले अठोट गरि सके,
रगतको एक बुँद, “मोति“ बनाउन आँउनेछु,
त्यही मोतिको ’गहना’ बनाईं
एउटा ’बाचा’ लिएर आउंदैछु.!
यसपटक, ’शखी’ “अमोल“ तिमिलाई,
जिबनमा “सामेल“ गरेरै लानेछु..!!!
आउनु है! पक्कै!
’लगन’ जुराई सके,
फुलै फुलको शहर तिमिलाई.!
“मानवता“ को ’बरमाला’ उनेर ल्याउनु..!
मुटुको “पिरति“ ’थैला’ मा भरी..,
“अजम्मरि“ ’छाप’ लाएर गै जानू .!!!
यस कविताका रचानाकार राजु चन्द हुन् ।