११ भदौ २०८२- बैतडीको दशरथचन्द नगरपालिका- ४ शाहीलेक नजिक जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप बुधबार दिउसो २ बजे शाहीलेक नपुग्दै इश्वरीगंगा जाने बाटोनिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरिक्षक बल्देब बडूले बताउनुभयो ।
घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका- ११ ग्वालेकका ५० वर्षिया हरिना जोशी, दशरथचन्द नगरपालिका- ६ का २१ वर्षिय अर्जुन महर (गम्भीर घाइते), दशरथचन्द नगरपालिका- ४ का ३४ वर्षिय धिरेन्द्र खत्री, दशरथचन्द नगरपालिका- ४ का २१ वर्षिय लक्ष्मण नाथ, दशरथचन्द नगरपालिका- ६ का २२ वर्षिय भुपेश जोशी, पुर्चौडी नगरपालिका- ४ का ३८ वर्षिया हिरा भट्ट, पुर्चाैँडी नगरपालिका – ५ का १७ वर्षिय रिकेश पार्कि रहेका छन् । यस्तै पुर्चाैडी नगरपालिका- ५ का २८ वर्षिय दिनेश पार्कि (गम्भीर घाइते), पुर्चाैडी नगरपालिका – ४ का २३ वर्षिय जनक भट्ट, पाटन नगरपालिका- ९ का १८ वर्षिय कबिराज भट्ट (गम्भीर घाइते) पाटन नगरपालिका- ९ का २१ वर्षिय जनक भट्ट र पाटन नगरपालिका- ३ का ४२ वर्षिय डम्मर दत्त भट्ट घाइते भएकाे बडूले बताउनुभयो ।

घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुलेको छैन् । चालक रोशन भट्टलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाको कारणबाट बुझिरहेको प्रहरी रिक्षिक बडुले बताउनुभयो । घाइतेहरूलाइ नेपाली सेना, प्रहरी तथा स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए ।
जीपमा चालक सहित जम्मा १३ जना सवार थिए ।

घाइतेहरुमध्ये तीन जनाको अवस्था अलि गम्भिर भएपनि अरुको अवस्था भने सामान्य रहेको बडूले बताउनुभयो ।
