कारागार फर्किन आग्रहपछि बैतडीमा भागेका मध्ये १० जना कैदी सम्पर्कमा आए

२६ भदाै, बैतडी- नेपाल प्रहरी प्रधान कार्यालयले भदौ २३ देखि भएको आन्दोलनका क्रममा देशका विभिन्न कारागारहरुबाट भागेका कैदी बन्दीहरुलाई कारागार फर्किन आग्रह गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा बैतडी लगायत देशका विभिन्न कारागारबाट हजारौ कैदी बन्दीहरु भागेका थिए । बैतडीबाट पनि ६२ जना कैदी बन्दीहरु भागेका थिए ।

तर केही कैदी बन्दीहरु भने आफै सम्पर्कमा आउन थालेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर बलराम पाण्डेयले बताउनुभयो ।

हिजो र आज गरी बैतडी कारागारबाट भागेका १० जना कैदी बन्दीहरु सम्पर्कमा आएको पाण्डेयले बताउनुभयो । देशका अन्य ठाउँका कारागारबाट भागेका कैदी बन्दीहरु समेत आफै सम्पर्कमा आउने क्रम बढेको छ ।

सम्पर्कमा नआएका कैदी बन्दीहरुलाई प्रहरीले पक्राउ गरेर भएपनि ल्याउने छ । प्रहरी प्रधान कार्यालयले कारागारबाट भागेका कैदी बन्दीहरुलाई नजिकको प्रहरी तथा कारागारमा सम्पर्क गर्न तथा गराउन आग्रह गरेको हो ।

प्रतिक्रिया छाेड्नुहाेस्