१ माघ बैतडी– दसरथचन्द राजमार्गमा यात्रा गर्ने जोकोहीको पनि मन लोभ्याउछ सुक्खा फलफूल विकास केन्द्रको बगैंचा डाँडोले । राजमार्ग किनारा माथी त्रिभुज आकारको देखिने यो बगैंचा भएको डाँडो पछिल्लो केही समययता हिउँदमा सुक्खा र बर्षातमा हरियाली भएको देखिन्छ । झन हिउँदमा हिउँ परेर छपक्क छोपियो भने हिमाल भन्दा कम देखिदैन् । केन्द्रमा पछिल्लो समय रोपेका विभिन्न सुक्खा फलफूलका विरुवा, नर्सरी र घाँसले बर्षातमा हरीयाली र हिउँदमा फलफूलका विरुवाका पात झरेर सुक्खा देखिने गर्दछ ।
कुनै समय जिल्लास्थित सुक्खा फलफूल विकास केन्द्रमा लटरम्म स्याउ फल्थे । यहाँ उत्पादन हुने स्याउ मुलुकमै प्रसिद्ध थियो । अहिले भने त्यस्तो स्याउ फल्दैन । दसरथचन्द नगरपालिका–१, सतबाँझमा फैलिएको २९ हेक्टर क्षेत्रफलको यो केन्द्रमा पछिल्लो समय स्याउ कम फल्न थालेका छन् । २०१४ सालमा तत्कालीन राजा महेन्द्र सुदूरपश्चिम क्षत्रको पैदल भ्रमणको अवषरमा यस क्षत्र (सुक्का फलफूल विकास केन्द्र) को डाडोमा रहेको धर्मसालामा बास बसेका थिए । बास बस्दा उनले यो डाँडोमा तुसार र हिउँ जमेकोे देखे । स्थानीय संग यो जमिन दिने भए यस्मा स्याउ बगंैचा स्थाप्ना गरिदिने बताए । राजाले यस्तो भने पछि स्थानीयले जमिन दिन तयार भए ।
राजाको निर्देशन अनुरुप २०१८ सालमा सम्भाव्यता अध्यायन गरिएको थियो । सम्भाव्यता अध्यायन पछि स्याउको लागि उपयुक्त ठाउा भएको पत्ता लागेको थियो । ततपश्चात राजाले फलफूल बगैंचा एव नर्सरी स्थाप्ना गरि देसका अरु पहाडी र हिमाली जिल्लामा स्याउको बगैंचा निर्माण गरि देसको आर्थिक विकास संगै स्याउ उत्पानमा आत्मनिर्भर बनाउने उद्देश्यले २०१९ सालमा अर्चाड कम नर्सरी (फलफूल बगैंचा एव नर्सरी) को नामबाट स्थाप्ना गरिएको कार्यालयको दस्तावेजमा भेटीन्छ ।
पहिले हाम्रै जमिन थियो बुवाले यो ठाउको विकास हुन्छ भने जमिन सरकारलाई दिने बाचा गरे पश्चात राजाले निर्माणको निर्देशन दिएको दसरथचन्द नगरपालिका– १ का स्थानीय ५९ बर्षीय देवदत्त भट्टले बताए । आफु जन्मनु भन्दा पहिले स्थाप्ना भएको यो बगैंचा बारे आफूलाई धेरै कुराको जनकारी भएको उनले बताए । केन्द्रको त्यो जमिन स्थानीय भट्टलागयत छिमेकीहरुले दिएको हो ।
बगैंचा स्थापनाकालमा ६ हजार बोट स्याउका मात्र रोपिएको थियो पछि थप्दै गएर ८ हजार बोट पुगाएको थियो । २०३४ सालमा राजाले बगैचा हेर्न आउँदा स्वागत गेटनै स्याउको मालाको बनाएको आफुलाई याद रहेको स्थानीय भट्टले बताए । ‘त्यतीबेला यातायातको सुविधा थिएन, फलेको स्याउ मान्छेलैनै डोकोमा बोकेर जुलाघाट हुु“दै भारततिर निर्यात गरिन्थ्यो,’ स्थानीय भट्टले भने, ‘बाकी रहेको स्याउ स्थानीय मेला पर्व र घरेलु मदिरा निर्माण गर्ने ठेकेदारलाई बेच्ने गरिन्थ्यो ।’ स्याउ विक्रीको लागि प्रत्येक बर्ष ठेक्का हुने गरेको उनले बताए ।
२०३५ सालमा स्याउको बगैंचा संगै स्याउका बोट उत्पादन गर्ने नर्सरी पनि स्थापना गरिएको सुक्खा फलफूल विकास केन्द्रको स्मारिकामा उल्लेख गरिएको छ । सानै देखि आफुले पनि बगैंचा र नर्सरीमा दैनिक ज्यालादारी गरेको भट्टले बताए । ‘नर्सरीमा उत्पादन गरेका स्याउका विरुवा देसभरीका पाहाडी जिल्लाका कृषि विकास कायालयले खरिद गरेर लैजान्थ्ये,’ उनले भने, ‘आफूले पनि त्यतै काम गर्दा नर्सरी उत्पदान देखि बोटमा लाग्ने रोगको बारेमा थाहा पाए ।’ पछि २०५१ सालमा दार्ता गरेर आफुले निजी नर्सरी निर्माण गरेको भट्टले बताए ।
देसकै नमुना स्याउ उत्पादन र नर्सरी संचालन गरिरहेको केन्द्र द्धोन्दकालमा तहसनहस भएको केन्द्रको स्मारिकामा उल्लेख छ । स्मारिकामा आन्दोनलरत पक्षले केन्द्रमा रहेका कार्यालयनै आगजनी गरेपछि बगैंचा र नर्सरीको रेखदेख र संरक्षण गर्ने कोहि नभएकाले बगैंचामा भएका स्याउका रुखलाई उलीयाफीट किरा र पेपरीबार्क (बोक्रा खुइलिने) रोगले नष्ट गरेको उल्लेख गरिएको छ । अहिले पनि १५÷१६ जती पूराना स्याउका रुख जिबीत भएपनि तिनलाई स्याउ फल्ने तापक्रम नपुग्नाले फल नलाग्ने गरेको सुक्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख अर्जुन खडकले बताए । ०६१ देखी कृर्षि विभागको नया“ विभागिय संरचना अनुसार फलफूल बगैंचा एव नर्सरीलाई सुक्खा फलफूल विकास केन्द्र नामाकरण गरेको हो ।
देसमा द्धोन्दकाल सकिएपछि सुरुका बर्षमा केन्द्रले हिउ“दे फलफूलका विरुवा तथा बीउ उत्पादन कार्यक्रम संचालन गरेको थियो । हाल लिफ्ट सिचाईको व्यवस्था गरेर कलमी विरुवा र विभिन्न किसिमका सुक्खा फलफूलका विरुवा उत्पादन र रोपणको काम भइरहेको छ ।
पुराना बोटमा फल लाग्न छाडेपछि केन्द्रले समय अनुकुलका विभिन्न जातका स्याउ तथा अन्य सुक्खा फलफुलका विरुवा रोपेको प्रमुख खडकाले बताए । ‘स्याउ फल्न छोडेको छैन तर पहिलेको तुलनामा कम स्याउ फल्छ,’ उनले भने, ‘अहिले फर्ममा जलवायु अनुकुल कम चिस्यानमा हुर्किने र फल्ने स्याउ र अन्य फलफूलका विरुवा रोपेका छौ“ ।’ पछिल्लो समय जलवायु परिवर्तनको कारणले यो क्षत्रमा हिउ“ र तुसारो कम पर्न थालेपछि धेरै फल्ने स्याउलाई तापक्रम नपुग्ने प्रमुख खडको अनुभव छ ।
फर्ममा अहिले विभिन्न जातका स्याउ, ओखर, कागती, बदाम, भोटे कटुस, नासपती, आरु, आरुबखडा, खुर्पानी, किबी, जैतुन, लप्सी, अनार, हलुवावेदका बिरुवा रोपिएका र नर्सरीमा उत्पादन भइरहेका छन् । नर्सरीमा उत्पादित बिरुवा सरकारी दररेटमा बिक्री गर्ने र केन्द्रको फर्ममा पनि रोप्ने गरिन्छ ।अहिले पनि प्रत्यक बर्ष ५ देखि ७ क्वीन्टल सम्म स्याउ फल्ने गरेको प्रमुख खडकाले बताए । पहिलेको तुलनामा यो धेरै कम उत्पादन हो । फर्ममा फलेको स्याउ स्थानीय बजारमै खपत हुने गरेको उनले बताए ।
अहिले फर्मलाई सुक्खा फलफूलका विरुवा उत्पादन गरि विक्री गर्ने लक्ष्य पनि दिएको हुन्छ । चालु आर्थिक वर्षमा २१ हजार सुक्खा फलफूलका विरुवा उत्पादन गरेर बिक्री गर्ने लक्ष्य दिएको छ । चालुआवको अहिलेसम्म दिएको लक्ष्यमध्ये १४ हजार बिरुवा विक्री गरिसकेको केन्द्रले जनाएको छ । सुक्खा फलफुल विकास केन्द्रमा उत्पादन भएका विरुवा सुदूर पहाड लगायत मुलुकका विभिन्न क्षेत्रमा पठाउने गरिएको छ ।
प्रत्यक बर्ष बैतडी, दार्चुला, डडेल्धुराका कृर्षि कलेजमा पढने विद्यार्थी फर्ममा अवलोकन भ्रमण र कार्यगत तालिममा आउने गरेका प्रमुख खडकाले बताए । चालु आबको अहिले सम्म भने कुनै कलेजका विद्यार्थी नआएको उनले जानकारी दिए ।
केन्द्रमा चालु र पूजीगत गरी दुई प्रकारले बजेट आउने गर्दछ । चालु आबमा चालु र पूजीगत गरी ५ करोड २६ लाख बजेट केन्द्रलाई प्राप्त भएको छ । जस्मा कम्पोष्ट मल बनाउने मेसिन खरिद, केन्द्रको नया“ भवन निर्माणमा खर्च गर्नुपर्ने छ । केन्द्रले प्रत्यक बर्ष पूजीगत रकमलाई मल, बिउ, बिसादी, गोबरमल, दैनिक ज्यालादारी र आवस्यक पर्ने मेसिन औजारमा खर्च गर्ने गरेको पाइएको छ । केन्द्रमा ५० जनासम्म स्थानीय कामदार दैनिक कार्यरत हुन्छन् । जसले नर्सरीको हेरचाह, गोडमेल, विरुवा काटछा“ट लगायतका काम गर्छन् ।









