उत्पीडित जातीय मुक्ति समाज बैतडीको अध्यक्षमा सेरला

बैतडी : नेकपा एमाले निकटको नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीको अध्यक्षमा सुरेश सेरला चयन भएका छन् । शनिबार सम्पन्न समाजको नवौं जिल्ला सम्मेलनले सेरलाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ जिल्ला कमिटि चयन गरेको छ । 

समाजको उपाध्यक्षमा मनिराम लुहार र पुने सार्की, सचिवमा राकेश चुनारा,सहसचिवमा मदन वड र हरिराम नेपाली, कोषाध्यक्षमा शोभा महर लगायत अन्य सदस्यहरु चयन भएका नेकपा एमाले बैतडीकी उपसचिव एवम प्रचार विभाग प्रमुख पार्वती भट्ट ले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्