बैतडी – बैतडीमा एक किसानको मौरी फर्मका घारमा भालुले व्यापक क्षेती गरेको छ ।
बैतडीको दशरथचन्द नगरपालिका ५, औला गाउँका घनश्याम भट्ट र चादनी जोशिले संचालन गरेको लटैनाथ प्रज्वल कृषि तथा पशुपन्छी फर्ममा बिहीवार राति जंगली भालुले घारमा पालिएका मध्ये १० मौरीका घारमा व्यापक क्षति गरेको छ।
भालुले महखान खोज्दा मौरी घार फुटाउनुका साथै माहुरीको रानी समेत मारीदिएको हुनाले माहुरी पनि तितरबितर भएर भागेका र तयारी अवस्थामा रहेको महसमेत खाइदिएको संचाक भट्टले बताउनु भयो ।
भालुको आक्रमणबाट माहुरी, माहुरीको घार र मह गरि ५/६ लाख बराबरको क्षेती भएको उनले बताए । वर्षभरि मेहनत गरेर पालेका मौरीले अब उत्पादन दिने समयमा भालुले मौरीघारमा गरेको क्षेतिले आफुहरु दुखी भएको सन्चालक समेत रहेकी चादनी जोशी ले बताइन ।
यस्को केही क्षेतिपुर्ती हुन्छ्की भनेर डिभिजन वन कार्यालय र दसरथचन्द नगरपालिकामा जानकारी गराउदा केही पनि क्षेतिपुर्ती नपाइने बताएपछि किसान दोय भट्ट र जोशी चिन्तित बनेका छ्न । महबाट बार्षिक ८/९ लाख आम्दानी गर्ने उनिहरु बताउछ्न ।
आफनै लगानिमा यत्रो मौरी पालन व्यवसाय गरेका किसान जोशी र भट्टलाई मह निकाल्ने समयमा घारमा भालुले क्षेती गरिदिएपछी झन चिन्तित बनाएको छ ।










