बैतडीमा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न, अधारभुत साझा समस्या उठान

बैतडी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैतडीमा सञ्चालन गरेको ‘हामी आउँदै छौँ’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका अधारभुत साझा समस्या उठाइएका छन् । बैतडीको लागि उक्त कार्यक्रमको जिम्मा पाएका कञ्चनपुर–३ का संघीय सासंद ज्ञानेन्द्र महतासमक्ष पार्टीका पदाधिकरीहरुले जिल्लाका साझा समस्या प्रस्तुत गरेका हुन ।

जिल्लाका साझा समस्याका रुपमा बर्षौदेखि निर्माण हुन नसकेको झुलाघाट मोटरेबल पुल, निर्माण सम्पन्न भई उडानसमेत सञ्चालन गरेर हाल बन्द रहेको पाटन विमानस्थल पुनःसञ्चालन, टेलीफोन र फाइबर इन्टरनेट सेवाको विस्तार, तल्लो स्वराड क्षेत्रमा महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण, विद्युत सेवा विस्तार तथा महाकाली करिडोर निर्माण र सञ्चालनका साझा विषय उठाइएको रास्वपा सुदूरपश्चिम प्रदेस सार्वजनिक मामिला विभागका पूर्वउपप्रमुख एवंम रास्वपा युवा नेता विशाल भट्टले जानकारी दिनु भयो ।

रास्वपाका नेता तथा कार्यकर्ताले प्रस्तुत गरेका बैतडीका साझा समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय र निकायमा पहल गर्ने सांसद महताले बताउनु भयो ।

आफू बैतडीमै जन्मिएकाले यहाँको भूगोल र समस्याारे पहिले देखिनै परिचित रहेको सांसद महताले बताए । अहिले ‘हामी आउँदै छौँ’ कार्यक्रम मार्फत जिल्लाका दसवटै स्थानीय तहमा पुग्दा धेरै समस्या प्रत्यक्ष रुपमा देखेको उनले बताउनु भयो । साझा समस्याका अतिरिक्त खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि पनि आफूले पहल सक्दो पहल गर्ने उनले बताए ।

आसवासन दिन मात्र आफू बैतडी नआएको उल्लेख गर्दै सांसद महताले जिल्लाका समस्या बुझेर समाधानका लागि सम्बन्धित निकायमा पहल गर्न आएको बताए । अहिले सबै समस्या समाधान गर्छु भनेर आश्वासन दिनुभन्दा जतिसक्दो चाँडो सम्बन्धित निकायमा समस्या समाधनको लागि पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कार्यकर्तालाई पार्टीको विधान, आचारसंहिता अगामी निर्वाचनमा उम्मेदवार छनौट प्रक्रिया तथा संगठन निर्माणका विषयमा समेत जानकारी दिइएको रास्वपा सुदूरपश्चिम प्रदेस सार्वजनिक मामिला विभागका उपप्रमुख भट्टले बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्