बैतडी — बैतडीको शिवनाथ गाउँपालिका पूर्ण संस्थागत सुत्केरी पालिका घोषित गरिएको छ । पालिका पूर्ण संस्थागत सुत्केरी घोषणा हुनुको लागि पालिकाभरीका गर्भजाँच गर्नेको संख्या ९० प्रतिशत हुनुपर्ने, सुत्केरी भएका मध्ये कम्तिमा ९५ प्रतिशत तालिम प्राप्त अनमीबाट संस्थामै सुत्केरी गराएको हुनुपर्ने, घरमा हुने प्रसुती शुन्य भएको हुनुपर्ने जस्ता मापदण्ड पुगाउनु पर्ने हुन्छ ।
शिवनाथ गाउँपालिकाले यि सबै मापदण्ड पुरा गरेकाले पालिकालाई एक कार्यक्रमका विच पूर्ण संस्थागत सुत्केरी पालिका घोषित गरिएको शिवनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिन् भयो ।
गाउँपालिकाका सबै वडामा चार पटक गर्भ जाँच गर्नेको संख्या ९०.७ प्रतिशत, तालिम प्राप्त जनशक्तिबाट स्वास्थ्य संस्थामै सुत्केरी गराउनेको संख्या सत प्रतिशत रहेको गाउँपालिकाको स्वास्थ्य शाखाको तथ्यांक रहेको छ ।
गाउँपालिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा गएर सुरक्षित ढंगले सुत्केरी हुने गरेकाले यस्मा सबैले हातेमालो गर्नुपर्ने गाउँपालिका अध्यक्ष कर्ण साउँदले बताउनु भयो । यस्ले गर्दा मातृ तथा नवजात शिशु मृत्यु दर शून्य हुने उनले बताए ।
गाउँपालिकाका विभिन्न स्वास्थ्य सस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन स्वास्थ्य कार्यलय बैतडीका प्रमुख तिर्थराज भट्टले आग्रह गर्नु भयो । यसरीनै सबै पालिका पूर्ण संस्थागत सुत्केरी घोषणा भएपश्चात जिल्लालाईनै पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्न सकिने उनले बताए । पालिकाले अहिले सात स्वास्थ्य सस्था र १७ बर्थिङ सेन्टरबाट सेवा दिइरहेको छ ।












