बैतडी – दलित विकास मञ्च बैतडीले पालिका स्थित सरोकारवाला निकायहरु संग सममन्वय बैठक समपन्न गरेको छ ।
बालविवाह रोकथाम र अन्त्यका लागि साझा अभियान, मानव अधिकार मैत्री संस्कार निर्माणमा गरौ योग्दान भन्ने मुल नारा सहित संस्थाले जिल्लामा बालविवाह रोकथामका लागि विभिन्न कार्याक्रम गर्दै आइरहेको छ ।
अभियानकै क्रममा मेलौली नगरपालिकामा पालिका स्थित सरोकारवाला निकाय संग छलफल गरिएको हो । समाजिक विकास मञ्चले जिल्लामा बालविवाह, लैंगिक हिंसा जातिय विभेद जस्ता हानिकारक प्रचलन विरुद्ध काम गरिरहेको सस्थाका कार्यक्रम संयोजक सुरेश सेरलाले बताउनु भयो ।
बैठकमा स्थानीयतहका जनप्रतिनिधी र सरोकारवालाहरु सबैले आआफ्नो ठाउँबाट बालविवाह रोक्नको लागि पहल गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।







