सुदूरपश्चिम सिङ्गिङ एन्ड डान्सिङ्ग स्टार 2024 कोे फाइनलमा भिड्दै बैतडी का धानुक

बैतडी : लोकदोहोरी प्रतिष्ठान बैतडीका जिल्ला कोषाध्यक्ष जनक धानुक सुदूरपश्चिम सिङ्गिङ एन्ड डान्सिङ्ग स्टार 2024 कोे फाइनलमा भिड्दै बैतडी का धानुक सिङ्गिङ एन्ड डान्सिङ्ग स्टार 2024 का फाइनलिस्ट बनेका छन |

२०८१ को भाद्र बाट लेबल १ देखि १० हुदै सेमिफाइनल सम्म लोकप्रिय भोट का साथ फाइनलको लागि प्रतिस्पर्धा गरिरहेको धानुकले बताए |

बैतडीको पुर्चौडि नगर पालिका वडा नं ४ भटना भेर्मुड घर भएका धानुकले २०७२ सालमा “झलना लाई हाली” बोलको देउडा गित बाट संगित क्षेत्रको औपचारिक यात्रा सुरु गरेका थिए |

सानै बाट गितसंगितमा रुचि राख्ने धानुकले बिभिन्न कार्यक्रमहरुमा जादा देउडा टुक्का हरुबाट दर्शक हरुलाई लालाहित पार्ने गर्छन | बैतडीका बिभिन्न ठाॅंउहरुमा कार्यक्रम आयोजना हुदा आयोजकहरुले आफुलाई पनि सम्झिने गर्छन उनले भने पछिल्लो समय उनले सांगितिक बजारमा ल्याएको “गुजारा न हुनाले मै प्रदेशी भए ” बोलको गित दर्शक स्रोताहरुले धेरै रुचाएको र सामाजिक संजाल टिकटक र फेसबुक तिर पनि छाइरहेको धानुकले जनाए |

देश विदेश बाट दर्शक स्रोताहरुको साथ र हौसला पाइराखेको र साथ दिने सबैमा धन्यवाद ,आभार प्रकट गरिरहेको उहाले बताए |

प्रतिक्रिया छाेड्नुहाेस्