बैतडीमा क्रेस्ट माइक्रो लाइफ इन्स्याेरेन्सकाे कार्यालय स्थापना

बैतडी- क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बैतडीमा आफ्नो नयाँ शाखा कार्यालय स्थापना गरेको छ । बुधबार सदरमुकाम गोठलापानीमा शाखा कार्यालय उद्घाटन गर्दै कम्पनीले जिल्लामा बीमा सेवाको पहुँच विस्तार गर्ने जनाएको हो ।

कम्पनीले विशेषगरी न्यून तथा मध्यम आय भएका नागरिक, किसान, श्रमिक, साना व्यवसायी तथा ठूलो रकमको बीमा गर्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरी सुलभ र सहज बीमा सेवा प्रदान गर्ने उद्देश्य राखेको शाखा प्रमुख लक्ष्मी नाथले बताउनुभयो । उहाँका अनुसार धेरै मानिस आर्थिक अभावका कारण बीमाको पहुँचबाट बाहिर रहेकाले माइक्रो लाइफ इन्सोरेन्समार्फत कम शुल्कमै आवश्यक सुरक्षा दिने योजना अघि बढाइएको हो ।

यस शाखामार्फत वित्तीय संस्था तथा सहकारीहरूको जोखिम न्यूनीकरणमा समेत सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ । साथै सर्वसाधारणमा बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्दै बचत र भविष्य सुरक्षाको संस्कार विकास गर्न कम्पनीले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

स्थानीयस्तरमै बीमा सेवा उपलब्ध भएपछि बैतडीका नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्