बैतडीका तीन उत्कृष्ट कृषक पुरस्कृत

१८ असार, बैतडी- बैतडीका तीनजना उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रशासन कार्यालय, बैतडीमा बिहीबार आयोजित एक कार्यक्रमका बिच उत्कृष्ट कृषकहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो । जिल्लामा व्यवसायिक कृषिमा उत्कृष्ट काम गरेका कृषकहरुलाई भीमदत्त पन्त कृषक पुरस्कारद्वारा पुरस्कृत गरिएको कृषी ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।

सुर्नया गाउँपालिका– ६ खर्काधारका कृषक रामदत्त अवस्थी, दशरथचन्द नगरपालिका- २ जोलघट्टका कृषक अजब बहादुर बोहरा र दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका कृषक बासुदेव भट्ट पुरस्कृत भएका हुन् ।

उनिहरुलाई जनहि नगद २५ हजारद्वारा पुरस्कृत गरिनुका साथै प्रमाणपत्र र दोसल्लाद्वारा सम्मान समेत गरिएको जोशीले बताउनुभयो । जिल्ला समुन्वय समितिका प्रमुख खगेन्द्र धामी र प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराइले संयुक्तरुपमा उनिहरुलाई सम्मान गरेका हुन् ।

कृषीप्रधान देशमा कृषकप्रति आदर र कृषि पेशाप्रतिको सम्मान अनिवार्य रहेको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म कृषि पेशा र किशानहरुलाई उच्च सम्मान गर्छु । अवकास जिवनमा मैले पनि कृषि पेशा गर्ने सोच बनाएको छु ।’

कार्यक्रममा बोल्दै जिल्ला समुन्वय समिति प्रमुख खगेन्द्र धामीले आफुपनि कृषि पेशामा समेत आवद्ध रहेको बताउनुभयो । कृषि पेशाप्रति सबैको सम्मान र हौसला आवश्यक रहेको उहाँको भनाई थियो । पुरस्कार र स सम्मानले कृषकहरुको हौसाला र कषि पेशाप्रतिको सम्मान बढेको पुरस्कृत कृषक अजब बहादुर बोहराले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्