पाटनका १० वटै वडामा कांग्रेस देउवा समूहको अधिवेशन सम्पन्न

बैतडी- नेपाली कांग्रेसको देउवा समूहले बैतडीको पाटन नगरपालिकाका १० वटै वडामा अधिवेशनमार्फत वडा कार्यसमिति चयन गरेको छ ।

देउवा समूहले संस्थापन पक्षलाई चुनौती दिदै समानान्तर समिति गठन गरेको हो ।

पाटन नगरपालिका– १ मा पदमराज भट्टराईको सभापतित्वमा समिति गठन गरेको देउवा समूहले वडा नं २ मा प्रताप लुहारको सभापतित्वमा समिति गठन गरेको देउवा पक्षीय कांग्रेसका युवा नेता कपील केसीले बताउनुभयो ।

यस्तै वडा नं ३ को सभापतिमा अनिता विक कोली, वडा नं ४ को सभापतिमा कमलसिंह ऐरी, वडा नं ५ को सभापति ध्वजसिंह भाट, वडा नं ६ को सभापतिमा धर्मेन्द्रसिंह बिष्ट, वडा नं ७ को सभपातिमा राजेन्द्रप्रसाद भट्ट, वडा नं ८ को सभापतिमा शेरसिंह बिष्ट, वडा नं ९ को सभापतिमा प्रेमसिंह धामी र वडा नं १० को सभापतिमा नारायणप्रसाद पन्त चयन भएका छन् ।

पाटन नगरपालिकाका सबै वडामा सर्वसम्मत रुपमा वडा अधिवेशनमार्फत वडा कार्यसमिति चयन गरिएको केसीले बताउनुभयो ।

प्रतिक्रिया छाेड्नुहाेस्