बैतडी– घर फोडेर चोरी गरेको आरोपमा दशरथचन्द नगरकार्यपालिका सदस्यसहित चार जना पक्राउ परेका छन् ।
दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य सदस्य बिनोद लुहारसहित चार जना चोरीको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
कार्यपालिका सदस्य बिनोद लुहार, महेश लुहार, तबिराम लुहार र लक्ष्मण मौनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले बताउनुभयो । उनीहरुलाई आइतबार पक्राउ गरेको उहाले बताउनुभयो ।
एक महिना अघि मात्रै दशरथचन्द नगरपालिका–५ आला गाउँका जयदेव भट्टको घरमा कोही नभएको मौका छोपी घरको छत फुटाएर तामाका भाडाकुडा चोरी भएको थियो ।
सोही चोरीको घटनामा संलग्न रहेको आरोपमा चारै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आज अदालतबाट म्याद थपेर उनीहरुमाथि चोरी मुद्दामा अनुसन्धान गर्ने तयारी भएको प्रहरी निरीक्षक सिंहले अताउनुभायो ।











