सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी बोकेको गाडी दुर्घटना

कैलाली– सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी सवार गाडी अर्को सवारीसँग ठोक्किएर दुर्घटनामा परेको छ ।

शुक्रबार राति बर्दियाको भुरीगाउँ क्षेत्रमा पूर्वबाट पश्चिमतर्फ आइरहेको विङ्गर र पश्चिमबाट पूर्वतिर गइरहेको मिनीबस आपसमा ठोक्किएर दुर्घटना हुँदा सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसका ३ जना विद्यार्थी घाइते भएका हुन् ।

घाइते हुनेमा भीमदत्त नगरपालिका–१८ बस्ने अन्दाजी वर्ष २५ का बिनोद भट्ट, अर्का २५ वर्षीय प्युस पाण्डे र ३४ वर्षीय जयन्तराज जोशी रहेका छन् । यस्तै एमबिए प्रथम सेमेस्टरका १२ जना विद्यार्थी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार विद्यार्थीहरु फिल्ड भिजिटका लागि जान लागेका थिए । अहिले घाइते तीनै जनलाई उपचारका लागी कोहलपुर मेडिकल कलेज पठाईएको छ भने उनीहरूमध्ये एक जनालाई भारतको लखनउ लैजाने तयारी छ ।

प्रतिक्रिया छाेड्नुहाेस्