बैतडी : पन्चेस्वर गाउपालिकाको 15 औ अधिवेशन तथा गाउँ सभा सम्पन्न भएको छ । असार दस गतेभित्र स्थानियतहको नितिकार्यक्रम ल्याउनु पर्ने प्रवधान रहेको छ ।
त्यसै अनुसार पन्चेस्वरले पनि गाउँपालिकाको गाउँसभा मार्फत आर्थिक बर्ष २०८१/०८२ को नितिकार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द्ले बताउनु भयो ।
टुक्रे योजना नबनाउन, देखिने र सबैलाई लाभ हुने योजना निर्माण गर्न अध्यक्ष चन्द्ले गाउँसभा सद्स्यहरुलाइ निर्देशित गर्नु भयो ।
केही गत बर्ष को नीति कार्यक्रमलाइ निरन्तरता दिएको र केही नयाँ पनि थपिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनु भयो ।रोजगारिको लागि भारत गएका प्रत्येक श्रमिकको बिमा गरिने, खानेपानीमा एक घर एक धारा, शिक्षा स्वास्थ, महिलाबालबालिका, युवा, वनवतारण, बिपद लगाएतका कुराहरुमा प्राथमिकता दिएर नितिकार्यक्रम लिएको उपाध्यक्ष भट्टले जानकारी दिनु भयो ।













