जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडी विभिन्न कार्यक्रमका माध्यमबाट सडक सुरक्षा सम्वन्धि जनचेतना जगाइरहेको छ । सार्वजनिक स्थल र विद्यालयमा सडक सुरक्षा सम्बन्धि जनचेतनाका कार्यक्रम गरिरहेको छ ।
यसै क्रममा बैतडी सदरमुकाममा रहेको सरस्वती इङलिस वोडिङ स्कुलका विद्यार्थी र शिक्षक संग पनि ट्राफिक प्रहरीले सडक सुरक्षा सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको छ । सडक दुर्घटनालाई न्युनीकरण गर्न र सडक दुर्घटना हुन नदिन यो कार्यक्रम गरिरहेको बैतडी ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक धिरज पाठकले बताउनु भयो ।









