बझाङमा माछा मार्ने क्रममा एक जना वेपत्ता

बझाङ– बझाङको सेती नदीमा माछा मार्ने क्रममा एक जना वेपत्त भएका छन् ।

जिल्लाको जयपृथ्वी नगरपालिका–९ रिठापाटाका २४ वर्षीय हिक्मत नेपाली सेती नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनी माछा मार्ने क्रममा नदीमा चिप्लिएर बेपत्ता भएका हुन् । स्थानियले उनी नदीमा बेपत्ता भएको खबर गरेपछि प्रहरी निरीक्षक किशोर जोशीको कमाण्डमा–७ जनाको प्रहरी टोलीले खोजीकार्य गरिहेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्