पञ्चेश्वर गाउंपालिका प्रमुख प्रशासकीय अधिकृतको भव्य स्वागत

बैतडी : पञ्चेश्वर गाउँपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरेर प्रमुख प्रशासकीय अधिकृत महेस पार्कीलाई स्वागत गरिएको छ ।

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दको अध्यक्षतामा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिना भट्ट, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

यस्तै गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारी, वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा प्रमुख प्रमुख प्रशासकीय अधिकृत पार्कीको स्वागत गरिएको हो । 

गाउँपालिकाले आयोजना गरेको परिचयात्मक तथा स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पार्कीले आफूले कानुनको परिधिभित्र रहेर काम गर्ने बताउनु भयो । कानुन अनुसार नागरिकको सेवामा दत्तचित्त भएर काम गर्न उनले कर्मचारीहरुले निर्देशन समेत दिएका छन् । 


गएको भदौ २६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महेस पार्कीलाई पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा पदस्थापन गरेको थियो

प्रतिक्रिया छाेड्नुहाेस्