पन्चेस्वर गाउँपालिका २ मा रहेको महाकाली स्वास्थ्य चौकिले एच पि भि खोप सम्बन्धि सरोकारवाला हरु सित दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
वडाभित्र रहेका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाइ खोप दिइने महाकाली स्वास्थ चौकी प्रमुख दिपक राम लोहारले बताउनु भयो ।
यहि २२ गते देवथला माबीमा खोप दिइने हुँदा खोप उमेर समुहका सबैले बिद्यालयमा गएर खोप लगाउनु हुन स्वास्थ चौकी प्रमुख लोहारले अनुरोध समेत गर्नु भयो ।
अभिमुखिकरण कार्यक्रममा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप पूर्ण सुरक्षित रहेकाले निर्धक्क रुपमा लगाउनुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशील विकले बताए ।
अभियान अन्तर्गत जिल्लाभरीका विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १३ हजार २६३ जना किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ बर्ष सम्मका ३ सय ७१ जना किशोरी गरेर १३ हजार ५६४ जनालाई एचपीभी खोप दिने तयारी भएको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिनुभयो ।
स्वास्थ्यस्वयंमसेविका,जनप्रतिनिधि, संचारकर्मी र सरोकारवालाहरु को उपस्थिति रहेको थियो











