बैतडी- ब्रोड भिजन एकेडेमी बोर्डिङ स्कूल देउरा, बझाङले आफ्नो दोस्रो बार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । यस वर्ष अघिलो वर्षको भन्दा ठूलो र आकर्षक ढंगले वर्षगाँठ मनाइने विद्यालयका प्रधानाध्यापक मोहन बहादुर चन्दले बताउनुभयो ।
दुई वर्ष अवधिमा ब्रोड भिजन एकेडेमी बोर्डिङ स्कूलले समयानुकल प्रविधि र बाल मैत्री शिक्षण सिकाईको विश्वासिलो गन्तव्यका रुपमा बिद्यालयले पहिचान बनाइसकेको र बिद्यार्थीहरुमा जिवन उपयोगी ज्ञान र संस्कार सहितको शिक्षामा जोड दिइरहेको चन्दले बताउनुभयो ।
बार्षिकोत्सव तथा अभिभावक दिवस माघ २८ गते सोमबार बिहान १० बजे ब्रोड भिजन एकेडेमी बोर्डिङ स्कूल देउरा, बझाङमा हुने छ । विभिन्न साँस्कृतिक कार्यक्रमको समेत आयोजना हुने बार्षिकोत्सवमा भव्य उपस्थिती समेत रहने विश्वास गरिएको व्यवस्थापन समितिका अध्यक्ष जिवन भण्डारीले बताउनुभयो ।












