छिट्टै नागरिकलाई दश शय्याको अस्पतालबाट सेवा दिइने : अध्यक्ष कार्की

बैतडी : दोगडाकेदार–६ सित्तडमा निर्माण भइरहेको पालिकास्तरीय दश शय्याको अस्पताल निर्माणको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रकार्कीले अनुगमन गरेका छन् ।

अस्पताल निर्माणको काम ९० प्रतिशत पूरा भएको र अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीका संचालकले बैशाख भित्र भौतिक संचना निर्माण सम्पन्न गरि पालिकालाई हस्तान्तरण गर्ने जानकारी दिएको अध्यक्ष कार्कीले बताउनु भयो ।

‘भौतिक संचना बनेलगत्तै आवस्यक उपकरण र दक्ष जनशक्तीको व्यवस्थापन गरि छिट्टै नागरिलाई सेवा दिईने तयारी गरिरहेका छौँ’ । उनले भने ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट १० शय्याको अस्पताल निर्माणका लागि आवश्यक बजेट र कार्यक्रम प्राप्त भएअनुसार २०७८ सालको जेठ ३ मा अस्पताल निर्माणको ठेक्का सम्झौता भएको थियो ।

अस्पताल निर्माणको कूल लागत अनुमानित १४ करोड ६८ लाख २९ हजार छ सय ६५ रहेको र ठेक्का सम्झौतामा रु ८ करोड ५१ लाख ४६ हजार सात सय ३० तोकिएको छ । स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा रहेको बताउँदै अध्यक्ष कार्कीले प्रत्येक नागरिकलाई सस्तो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य रहेको बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्