बैतडी दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुस्कर राज जोशीले गोठलापनी नजिक निर्माण भइरहेको जगन्नाथ खेलमैदानको अनुगमन गरेको छ ।
गतवर्षदेखि नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको खेलमैदानमा केहिदिनपछि खेल संचालन गर्ने उद्देश्यले खेलमैदानको अनुगमन गरिएको नगरप्रमुख जोशीको सचिवालयले जनाएको छ ।
अहिले नगरपालिकाले सो खेलमैदानमा खेल्नको लागि फिल्डलाई सुमसुम्याइरहेको छ । फागुन १५ गतेदेखि मेनेजर तेजबहादुर चनद स्मृती जिल्ला स्तरिय भलिवल खेल सोहि खेलमैदानमा संचालन गर्नको लागि नगरपालिकाले फिल्डमा आवस्यक काम गरिरहेको छ ।
सोहिकामको नगरप्रमुख जोशीले अनुगमन गरेका छन् । यो खेलमैदान संचालनमा आएपछि जगन्नाथ क्याम्पसका विद्यार्थीहरुलाई खेल खेल्नपनि सहज हुने छ ।










