शिवनाथ गाउँपालिकाभरी विद्युत विस्तार गरिने : अध्यक्ष साउँद

बैतडी : शिवनाथ गाउँपालिकाले तिब्रगतिमा गाउँपालिकाभरी विद्युत विस्तार गर्न लागेको छ ।

गाउँपालिकाको केन्द्र सुल्लेखान सम्म पुगेको विद्युतलाई गाउँपालिकाका सबै वडा सम्म विस्तारगर्नको लागि गृहकार्य गरिरहेको गाउँपालिका अध्यक्ष कर्ण सिह साउँदले बताउनु भयो ।

गाउँपालिकाकेन्द्र नजिकका वडा नं. ५ र ६ का केहिघरधुरीमा गत बर्षनै विद्युत बाल्न सफल भएको अध्यक्ष साउँद अब सबै वडाको घरधुरीमा विद्युत बाल्नको लागि सरोकारवलाहरु संग समुन्वय र सहकार्य गरिरहेका छन् ।

बुधबारमात्रै नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरु र विद्युत विस्तारको जिम्मा पाएका निर्माण व्यवसायी संग बसेर छलफल गरेका छन् । अध्यक्ष साउँदले जनतालाई विद्युतको पहुँच सम्म पुर्याउने प्रतिवद्धता अनुसार काम गरिरहेको बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्