बित्तीय सुशासन जोखिम मूल्यांकन नतिजा : नगरपालिकामा पाटन र गाउँपालिकामा डिलासैनी कम्जोर

बैतडी : जिल्लाका १० ओटै स्थानीय तहको बित्तीय सुशासन जोखिम मूल्यांकन नतिजा सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति बैतडीले सार्वजनिक गरेको नतिजा अनुसार नगरपालिकामा पाटन र गाउँपालिकामा डिलासैनी कम्जोर देखिका छन् ।

नगरपालिकामा सबैभन्दाकम ६३.५० प्रतिशत अंक र गाउँपालिकामा डिलाशैनी गाउँपालिकाले ५५ प्रतिशत अंक ल्याएर मध्यम जोखिममा रहेका छन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८० बमोजीम स्थानीय तहहरुको बित्तीय सुशासन जोखिम मूल्यांकन गरिएको हो । ०देखि ४० प्रतिशत अंक ल्याउने पालिकालाई उच्च जोखिम, ४१–८० प्रतिशत अंक ल्याउने पालिकालाई मध्यम जोखिम र ८० भन्दा बढी प्रतिशत अंक ल्याउने पालिकालाई न्यून जोखिममा राख्ने गरिएको छ ।

नतिजा अनुसार सुर्नया गाउँपालिकाले ८६.५० प्रतिशत, दोगडाकेदार गाउँपालिकाले ८६ र पुर्चौंडी नगरपालिकाले ८१.५० प्रतिशत अंक ल्याएर न्यून जोखिममा परेका छन् ।

यस्तै मेलौली नगरपालिकाले ८० प्रतिशत, सिगास गाउँपालिकाले ७८.५० प्रतिशत, दशरथचन्द नगरपालिकाले ६७ प्रतितशत, शिवनाथ गाउँपालिका ८९.५० प्रतिशत र पञ्चेश्वर गाउँपालिकाले ६२ प्रतिशत अंक प्राप्त गरेको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्