बैतडी ; पञ्चेश्वर गाउँपालिका १ नम्बर वडाले विद्यालयस्तरिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । प्रत्येक वर्ष संचालन गरिदै आएको हाजिरजवाफ प्रतियोगिता यस वर्ष पनि संचालन गरिएको हो ।
विद्यार्थिहरुलाई किताबको ज्ञान संगै समान्यज्ञान प्रति आकर्षित गर्न र रुचि बढाउनको लागि प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष देवान राम सार्कीले बताउनु भयो ।
वडाका ६ वटै विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको मुल्यांकन कुलाउँ माविका शिक्षक गंगादत्त तिवारीले गरेका थिए । प्रतियोगितामा कक्षा १ देखी ५ सम्म नागर्जुन अधारभुत विद्यालय पालडी, कक्षा ६, ७ र ८ सम्म चतुरबाहु अधारभुत विद्यालय र कक्ष ९, १० सम्मकोमा डुग्रीखानले जित हासिल गरेको वडाले जनाएको छ ।










