बैतडी : जिल्लाको पञ्चेश्वर गाउँपालिकाले विद्यालयको बार्षिक परिक्षा चैत्र ७ गते देखि संचालन गरिने समयतालिका सार्बजनिक गरेको छ । गाउँपालिकाले गाउँपालिकास्तरिय कक्षा ८ को परिक्षा पनि अरु परिक्षा संगै संचालन गर्ने भएको छ ।
गाउँपालिकाले सूचनाजारी गर्दै कक्षा ४ देखि ९ सम्मको परिक्षाको समयतालिका सार्वजनिक गरेको हो । परिक्षा कक्षा ८ को दिउसो १२ बजेदेखि र अन्य कक्षाको हकमा विद्यालयले तोकेबमोजिम हुने जानकारी दिएको छ ।
परिक्षा चैत्र ७ गतेदेखि संचालन भएर चैत्र १८ गते सम्पन्न हुने समयतालिका सार्वजनिक गरिएको छ । परिक्षा सम्बन्धि कुनै दुविधा भएमा शिक्षा युवा तथा खेलकुद शाखा पञ्चेश्वरमा सम्पर्क राख्न अनुरोध समेत गरिएको छ ।











