बैतडी- जिल्लाको दसरथचन्द नगरपालिकाले नगरभित्रका धार्मिक अगुवा, बुद्धिजीवी तथा सरोकारवालाहरुसंग लैङ्गिक समानताका लागि संवाद कार्यक्रम सप्पन्न गरेको छ ।
नगरभित्र लैङ्गिक समानताका अवस्था के छ र समानताको लागि के गर्नु प्रदछ भन्ने विषयमा छलफल गरिएको थियो । अझैपनी समाजमा पुर्ण रुपमा लैङ्गिक समानता नभएपनी गाउँघरमा बिस्तारै बिस्तारै समानता आउन लागेको सरोकारवालाहरूकाे भनाइ छ ।

समाजिक रुपमा हुने हिंसा न्यूनीकरण र लैङ्गिक समानताको लागि विभिन्न कार्यक्रम सङ्गै मनोसमाजिककर्ता को व्यवस्ता समेत गरिएको नगरप्रमुख पुष्कर राज जोशिले बताउनु भयो ।
धार्मिक अगुवा व्यक्तिको समाजमा ठूलो प्रभाव पर्नेहुदा धार्मिक अगुवा व्यक्ति र बुद्धिजीवी सङ्ग कार्यक्रम गरिएको नगरउपप्रमुख कौसिला चन्दले बताउनु भयो । उपप्रमुख चन्दले हिंसा न्यूनीकरण र लैङ्गिक समानताको लागि सबैले आ आफ्नो ठाउँबाट नगरपालिकाको यो अभियान लाई सहयोग गरिदिन हुन आग्रह समेत गर्नु भयो ।
कार्यक्रम दसरथचन्द नगरपालिका महिला शाखा को सहजीकरण र नगरपालिकाको आयोजनामा गरिएको थियो ।










