बैतडी : पाटन नगरपालिकाले तनाशाही तरिकाले सिद्देश्वर माध्यमिक विद्यालय हुक्केडाडालाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणमा विद्यालयले नगरपालिकाले प्रकाशित गरेको स्थानीय सरकार संचालन पात्रोको कार्यक्रम अनुसार कामगर्न नसकेको भन्दै नगरपालिकालाईनै दोषी ठहर गरेको स्पष्टीकरण पत्र पठाएको छ ।
नगरपालिकाले नगरकार्यपालिकाको निर्णय (सात दिन) अगावै किन बार्षिक परिक्षा गराएको भनेर विद्यालयलाई स्पष्टीकरण सोधेको थियो । विद्यालयले पनि नगरपालिकाका कुनै पनि विद्यालयसंग कोडनेसन नगरी कुनै व्यक्तिको स्वार्थसिद्धको लागि एकलौटी ढंगले नगरपालिकालेनै प्रकाशित गरेको स्थानीय सरकार संचालन पात्रोको समयलाई लत्याएर निर्णय गरेको स्पष्टीकरण पत्रमा उल्लेख छ ।
स्पष्टीकरण पत्रमा परिक्षा केकतीकारणले पछाडी सारिएको भन्ने प्रष्ट नभएकाले बैठक भन्दापनि स्थानीय सरकार संचालन पात्रो योजनानै महत्वपूर्ण ठानी परिक्षा तोकिएको समयमै संचालन गरेको स्पष्ट पारेको छ । साथै परिक्षामा प्रश्नपत्र विद्यालयलेनै तयारपार्ने हुदा परिक्षा अगाढी गर्दापनि कसैलाई समस्या नहुदा पनि परिक्षा अगाढीनै गरिएको उल्लेख गरिएको छ ।
विद्यालय व्यवस्थपन समिती अध्यक्ष प्रेम भाट र प्रधानाध्यापक प्रकास सिह महाराको हस्ताक्षरित स्पष्टीकरण पत्रमा सरकारकै कार्ययोजना कार्यान्यन गर्दापनि किन विद्यालयलाईनै स्पष्टीकरण सोधेको र के स्थानिय सरकारमा कसै अरुको हस्तक्षेप छकी भनी नगरपालिकालाई प्रश्न समेत गरिएको छ । साथै पत्रमार्फत नगरपालिकालाई आफैले निर्माण गरेको स्थानीय सरकार संचालन पात्रो अध्यायन गर्न समेत अनुरोध गरिएको छ ।
कार्यपलिकाको निर्णय अनुसार विद्यालयमा एकरुपता ल्याउनुको लागि स्पष्टीकरण सोधेको शिक्षाशाखा प्रमुख ललित पाण्डेले बताउनु भयो । “अरु विद्यालयले कार्यापालिकाको निर्णय अनुसार गर्न सक्ने त्यो विद्यालयलेमात्र अगाढी किन गर्नु पर्या होला’, उनले भने । अरु विद्यालयले कोर्ष नसकेकाले कार्यापालिकाले चैत्र १० गते परिक्षा गर्ने निर्णय गरेको हुनुपर्छ । बाकी किन निर्णय गर्यो भन्ने कुरा कार्यपालिकालाईनै थाहा होला पाण्डे ले भने ।”
कार्यापालिकाको निर्णयको एक हप्ता अगाढी चैत्र ३ गते र नगरपालिकाको स्थानीय सरकार संचालनपात्रो अनुसारनै विद्यालयले परिक्षा गराएको विव्यस अध्यक्ष प्रेम भाटले बताउनु भयो । नगरपालिकाले विद्यालयमा विद्यार्थीअनुसार तह घटाउने, बढाउने, स्थायी शिक्षकहरुलाई मात्र विद्यालयको प्रअ बनाउने निर्णय गरेपनि कार्यन्यवयन गर्न नस्क्ने र विभिन्न बहानामा विद्यालयलाई तर्साउने, डराउने धम्काउने काम गरिरहेको अध्यक्ष भाटले गुनासो गरे । विद्यालयले दुई वर्षदेखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता गराएको पैसा समेत नदिएको विद्यालयले जनाएको छ ।
आफु हाजिर भएलगत्तै शाखा प्रमुखले हस्ताक्षर गरेर ल्याएको पत्रमा आफुले पनि हस्ताक्षर गरिदिएको पाटन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरायण वहादुर विष्टले वताउनु भयो । तर वोर्डपरिक्षा नभएकाले स्पष्टीकरण सोधिनु पर्नेचै थिएन किन सोधेकोहोला म बुझौला ।’ प्रमुख प्रशासकिय अधिकृत विष्टले भने ।
शिक्षामा गुणस्तरिय ल्याउन नसक्ने र आफुले गरेका निर्णय कार्यान्वयन गर्न नसक्ने नगरपालिकाले जिल्लाकै शैक्षिक क्षत्रमा प्रगती गरिरहेको विद्यालयलाई अनावस्यक रुपमा टर्चर दिरहेको सरोकारवालहरु वताउछन् । स्थानीय सरकारद्धारा प्रकाशित गरेको स्थानिय सरकार संचालन पात्रो अनुसार परिक्षा गराउन नसकेका विद्यालयलाई सोधिनु पर्नेमा पात्रो अनुसारनै परिक्षा संचालन गर्दापनि किन गरिस भनेर सोध्नु भनेको पूर्वाग्रही ढंगले सोधेको सरोकारवलाहरुको आरोप छ ।










