हानिकारक प्रचलनका बारेमा समुहमा छलफल गर्छन किशोरी

बैतडी- एकता परिवर्तनका लागि किशोरी समुहमा आवद्ध किशोरीहरु समाजमा रहेका हानिकारक प्रचलनहरुका बारेमा प्रत्येक हप्ता छलफल गर्छन । समाजिक समस्याका रुपमा रहेको बाल विवाह, जातीय विभेद, लैंङ्गिक हिंसा लगायत समाजमा रहेका हानिकारक प्रचलनहरुको अन्त्यका लागि किशोरीहरु छलफलमा जुट्ने गरेका हुन् । 

दलित समाज विकास मञ्चद्वारा संचालित बाल विवाह अन्त्यका लागि छिटो मिलन रोकथाम कार्यक्रमले बैतडीको दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकामा किशोरीहरुलाई समुहमा आवद्ध गराई उनिहरुलाई शसक्तिकरण समेत गर्दै आएको छ । यि स्थानीय तहका विद्यालयमा अध्ययनरथ किशोरीहरुले प्रत्येक हप्ताको शुक्रबार एक–आपसमा यसबारेमा छलफल तथा प्रशिक्षण समेत लिने गरेका छन् । 

किशोरी समुहमा आवद्ध किशोरीहरु आफ्ना विचार प्रवाहमा समेत सकृय देखिन्छन् । कुनै सार्वजनिक कार्यक्रममा आफ्ना धारण तथा विचारहरु राख्न उनिहरु हिच्किचाउदैनन् । समुहमा आवद्ध भएपछि आफुले धेरै कुराहरु सिकेको विरेन्द्र मावि शाहिलेकमा गठित एकता परिवर्तनका लागि किशोरी समुहकी सदस्य अस्मिता भुलले बताउनुभयो । 

समुहमा आवद्ध भएपछि बाल विवाहले पर्ने समस्या र भविश्यको बारेमा समेत जान्न पाएको बताउछिन अर्कि सदस्य रेनुका कुमारी भुल । किशोरीहरुलाई शसक्तीकरण गर्न सके समाजमा रहेका थुप्रै हानिकारक प्रचलनहरु अन्त्यका लागि सहयोग पुग्ने दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीले बताउनुभयो । अहिले दलित समाज विकास मञ्चले नागरिक समाज, किशोरी, धार्मिक अगुवा, शिक्षक, अभिभाव र समुदायका व्यक्तिहरुलाई समाजका हानिकारक प्रचलनहरुका बारेमा सचेत गराइरहेको छ । 

प्रतिक्रिया छाेड्नुहाेस्