राधा बाेहरा । २५ साउन, बैतडी- जगन्नाथ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले कक्षा १२ को ग्रेडबृद्धि परिक्षाको तयारी स्वरुप निःशुल्क कक्षा संचालन गर्ने भएको छ । आर्थिक अवस्था कमजोर भएका कक्षा १२ को ग्रेड सुधार गर्नुपर्ने विद्यार्थीहरुको सहजताका लागि स्ववियूले निःशुल्क कक्षा संचालन गर्न लागेको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी बैतडीका स्ववियू अध्यक्ष रोशन भट्टले बताउनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले २०८२ साल श्रायण १९ गते प्रकाशन गरेको कक्षा १२ को नतिजा अनुसार ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई स्ववियूको सहकार्यमा क्याम्पसका प्राध्यापकहरुले निःशुल्क कक्षा दिनेछन् । श्रावण २८ गतेबाट ग्रेडवृद्धिका लागि निःशुल्क तयारी कक्षा संचालन हुने भएकाले श्रावण २६ गते भित्र आफ्नो विवरण टिपाई निःशुल्क कक्षामा सहभागी स्ववियूले सम्बन्धित विद्यार्थीहरलाई सार्वजनिक सूचना मार्फत आह्वान गरेको छ ।













