मैलौलीमा आगो नियन्त्रण अभ्यास

१२ कार्तिक, बैतडी- बैतडीस्थित सशस्त्र प्रहरी बल नेपालको ५१ नम्बर गुल्मले जिल्लाको मेलौली नगरपालिकामा ग्याँस सिलिण्डर लिक भएर हुने आगलागी नियन्त्रणकाे घटना अभ्यास गरेको छ । आगलागी हुन नदिन तथा आगलागी भइहालेमा नियन्त्रणका लागि गरिने उपायका बारेमा घटना अभ्यास मार्फत देखाइएको हो ।

विगत देखिनै गुल्मको विज्ञ टोलीले जिल्लाका सर्वाजनिक स्थानहरुमा गएर नागरिकहरुलाई यसबारेमा सचेत गरिरहेको हो । अहिलेको समयमा दुर्गम जिल्ला तथा ग्रामिण क्षेत्रहरुमा समेत खाना पकाउने एलपी ग्यासको प्रयोग बढ्दै गएको छ । ग्याँस लिक भएर भएका आगलागीने थुप्रै घटना समेत हुने कुरालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले सचेतना अभियान चलाइरहेको सशस्त प्रहरी बल ५१ नम्बर गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक जंगबहादुर कुँवरले बताउनुभयो ।

जिल्ला विपद व्यवसथपन संगको समुन्वयमा सशस्त्र प्रहरीको तालिमप्राप्त टोलिले उक्त कुरा सिकाइरहेको उहाँले बताउनुभयो । आज मेलौलीमा मेलौली नगरपालिकाका प्रमुख भीम बहादुर चन्दको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा आयोजना गरिएको घटना अभ्यासमा स्थानीय नागरिकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया छाेड्नुहाेस्